(१) नेपालभित्र कुनै कसूरको अभियोग लागेको वा कसूर गरेको ठहरिएको कुनै व्यक्ति भागी कुनै विदेशी राज्यको अधिकार क्षेत्रभित्रको कुनै इलाकामा बसेको रहेछ वा तेस्रो मुलुकमा जाने क्रममा सो राज्यको पारवहनमा रहेछ भने त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्नको लागि मन्त्रालयले कूटनैतिक माध्यम मार्फत सम्बन्धित विदेशी राज्यलाई अनुरोध गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल पक्राउ गरी नियन्त्रणमा नलिएमा फरार अभियुक्त वा कसूरदार भागी बेपत्ता हुने सम्भावना भएमा त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिन मन्त्रालयले सोझै विदेशी राज्य समक्ष अनुरोध गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम अनुरोध गर्दा फरार अभियुक्तको हकमा प्रथम दृष्टिमा नै अभियुक्त देखिने प्रमाण र कसूरदारको हकमा अदालत वा अन्य सक्षम निकायले गरेको फैसला समेत संलग्न गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्रमाण र फैसलाको आधारमा फरार अभियुक्त वा कसूरदार सम्बन्धित विदेशी राज्यबाट पक्राउ गरिएकोमा पक्राउ परेको जानकारी प्राप्त भएको मितिले सात दिनभित्र यथाशक्य छिटो त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगीको लागि मन्त्रालयले कूटनीतिक माध्यम मार्फत सम्बन्धित राज्य समक्ष अनुरोध गर्नु पर्नेछ ।
(५) उपदफा (१) बमोजिम सपुर्दगीको लागि अनुरोध गर्दा दफा ८ बमोजिम खुलाउनु पर्ने तथा संलग्न गर्नु पर्ने विवरण र कागजात खुलाउनु तथा संलग्न गर्नु पर्नेछ ।